काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन जित नजिक, २२ हजार मत गणना हुन बाँकी।

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन साहले फराकिलो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले ५४ हजार ७१८ मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत ल्याउनुभएको छ । उहाँ दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै, नेकपा (एमाले)का मेयर पदका उम्मेद्वार केशब स्थापितले ३३ हजार ९७५ मत ल्याउनु भएको छ ।

पहिलो स्थानमा रहनुभएका साह र दोस्रो स्थानका सिर्जनाबीच २० हजार ११० को मतान्तर रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब २२ हजार ४६५ मत गणना गर्न बाँकी रहेको छ ।