काठमाडौ:= देशका ६ वटा महानगरपालिकामध्ये अब ५ वटा महानगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ। अहिले काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाको मतगणना जारीरहेकाे छ।
काठमाडौंमा जारी मत गणनाअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार भन्दा बढी मतको अग्रता लिनुभएको छ ।
साहले ४२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ८ सय ५४ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २३ हजार ९ सय ६८ मत प्राप्त गर्नुभएको छ ।




















