काठमाडौं := नेपाल चलचित्रका कलाकारहरू सदाबहार नायक भुवन केसी,त्यस्तै रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गराइ स्वागत गर्नु भएको हो ।

चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो ।
२०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो। अहिले उनै भुवन काङ्ग्रेस प्रवेश गरेका हुन।




















