क्वालालम्पुर (मलेसिया):= सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाको नव अध्यक्षमा दिनेश खड्का “खप्तडि” चयन भएका छन्।
राजधानी क्वालालम्पुरमा अवस्थित उग्रतारा रेस्टुरेन्टमा भएको सुदुर पश्चिमेलीहरुको बृहत भेलाले दिनेश खड्का “खप्तडि” को अध्यक्षयतामा १७ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरिएको जनाएको छ।
सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संस्थापक अभियन्ता टेक बहादुर बुढा र सुदूरपश्चिमेली नेपाली समाज मलेसिया सल्लाहकार टेक बहादुर धित को विशेष उपस्थितिमा नयाँ कार्यसमितिको घोषणा गरिएको हो।
समाजको नव बरिष्ठ उपाध्यक्षमा ओम प्रकाश ओलि,महिला उपाध्यक्षमा गिता खड्का,महासचिवमा राजबहादुर साउद,सचिव शिव बहादुर ऐर,कोषाध्यक्षमा तिलक चन्द ठकुरी,सह-कोषाध्यक्ष मा गोबिन्द घर्तिमगर चयन भएका हुन्।
यसैगरी सदस्यहरुमा क्रमश,कमल पुरुष,सुरेश भण्डारी,दान सिंह खड्का,तिलक पाण्डे,मनिराज पनेरु,महेश पाण्डे, रहेका छन्। समाजको आगामी नियमित बैठकले कार्यसमितिका रिक्त रहेका प्रथम उपाध्यक्ष, दिर्तिय उपाध्यक्ष,संरक्षक र सल्लाहकार हरु ममनोनित गर्ने महासचिव राज बहादु र साउदले बताए।
सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका उपाध्यक्ष ओम प्रकाश ओलिको सभापतित्वमा सम्पन्न भएको भेलालाई सहजिकरण सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति मलेसियाका कोषाध्यक्ष धन बहादुर भाटले गरेका थिए।
साथै सोही भेलाको अवसरमा मलेसियाको बसाइँलाई बिट मार्दै नेपाल फर्किन लाग्नु भएका समाजका निबर्तमान कोषाध्यक्ष धन बहादुर भाट र क्षेत्रिय समिति मालाकाका अध्यक्ष पदम राज जोशीको मलेसियादेखि नेपालसम्मको यत्रा सुखद रहोस् भनी कामना गर्दै बिदाई पनि गरिएको थियो।





















