चुनावको नजिकिँएसंगै सेयर बजारमा सुधार।

काठमाडौं:= चुनावी तयारीसँगै सेयर बजार बढ्न थालेको छ । आइतबार नेप्से बढेर २४ सय २१ अंकमा पुगेको छ । नेप्से ९५.४६ अंकले बढेर २४ सय २०.९१ अंकमा पुगेको हो । यस दिन दुई सय ३८ कम्पनीका ६६ लाख ३९ हजार कित्ता सेयर दुई अर्ब ५३ कारोड १२ लाख रुपैयाँमा खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । कारोबारमा आएका सबै समूहका सूचक बढेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंक डिबेञ्चर २०८४ को मूल्य ९.८९ प्रतिशत तथा नेष्डो समृद्ध लघुवित्त, लक्ष्मी बैंक डिबेञ्चर २०८६ को दुई प्रतिशतभन्दा बढी र सानिमा इक्विटी फन्डको इकाई मूल्य ०.५७ प्रतिशतले घटेको छ । सानिमा बैंकको संस्थापक सबैभन्दा धेरै २२ करोडको कारोबार भएको छ भने शिवम सिमेन्ट्स, अरुण भ्याली हाइड्रोपावर, हिमालयन डिस्टिलरी र नेपाल लाइफको शीर्र्ष पाँचमा कारोबार भएको छ ।