भरखरै बिहे गरेका रणवीर ‘एनिमल’ फिल्मको सुटिङका लागि मनालीमा।

मुम्बई ( एजेन्सी ):= भर्खरै अभिनेत्री आलिया भट्टसँग बिहे गर्नुभएका रणवीर ‘एनिमल’ फिल्मको सुटिङका लागि मनाली पुग्नुभएको छ । ‘कवीर सिंह’ चलचित्रका निर्देशक सन्दीप रेड्डी भंगाको चलचित्र एनिमलमा रणवीरसँगै मुख्य भूमिकामा दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना हुनुहुन्छ ।

‘पुष्पाः द राइज’बाट उत्तरी भारत र अन्य हिन्दीभाषी दर्शकमाझ चर्चित बन्नुभएकी रश्मिकाको यो बलिउडमा डेब्यु चलचत्रि हो । उहाँ पनि सुटिङका लागि मनाली पुग्नुभएको हो । चलचित्रमा रणवीर र रश्मिकाबाहेक अभिनेताहरू अनिल कपुर, बबी देवललाई देख्न पाइनेछ । क्राइम थ्रिलर ड्रामा एनिमल सन् २०२३ अगस्ट ११ मा रिलिज हुने बताइएको छ ।