काठमाडौं:= सन् २०२२ का लागि ‘मिस नेपाल’ को आवेदन खुलेको छ । आयोजक द हिडन ट्रेजरले विज्ञप्ति जारी गर्दै ‘मिस नेपाल- २०२२’ को आवेदन खुला गरेको हो ।
वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ । मिस नेपालमा छनोट हुन १८ वर्षदेखि २७ वर्ष उमेर ननाघेको र कम्तीमा ५ फिट ३ इन्च उचाइ हुनुपर्नेछ । आवेदन दिनको शैक्षिक योग्यता न्यूनतम दश जोड दुई उत्तीर्ण हुनुपर्नेछ । अप्रिल २२ देखि मे १० सम्म सातै प्रदेशमा अडिशन हुनेछ । धरान, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अडिशन हुनेछ ।




















