रुस – युक्रेन युद्ध : शवको थुप्रोमा आफन्त खोज्दै युक्रेनी जनता।

किभ:= रुसको आक्रमणबाट युक्रेनमा भौतिक संरचनाको ध्वस हुनुका साथै हजारौको संख्यामा नागरिकहरू मारिएका छन् । रुसले युक्रेनको बुचा शहरमा गरेको नरसंहारको तस्वीरले विश्वलाई नै स्तब्ध बनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको ४३ दिन पुगेको छ । रुस फेब्रुवरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण गरेको सुरु गरेको थियो । यो आक्रमणमा युक्रेनका क्यौ पूर्वाधारहरू ध्वस्त भएका छन् । युक्रेनका धेरैजसो शहर खण्डहरमा परियात भएका छन् ।

रुसको बुचा शहरमा पाँच सयभन्दा बढी युक्रेनी नागरिकको शब भेटिएको दाबी गरिएको छ । युक्रेनी नागरिकहरू त्यहाँ शवको थुप्रोमा हराइरहेका आफन्तहरू भेटिन्छन् कि भनेर खोजिरहेका छन् । रुसले युक्रेन आक्रमण गर्दा सुरुमा बुचालाई रुसी सेनाले कब्जा गरेको थियो ।

यसैबीच युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेनको खार्किभ, लुहान्स्क र दोनेत्स्कका बासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गर्नुभएको छ । रुसी सेनाले सो क्षेत्रमा हमला तीव्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले यस्तो अनुरोध गर्नुभएको हो । ‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भन्नुभएको ।

सरकारको अनुरोधपछि ती क्षेत्रबाट सर्वसाधारण नागरिक सुरक्षित क्षेत्रतर्फ जान थालेका छन् रुसले आफ्नो आक्रमणको केन्द्रबिन्दु पूर्वीयुक्रेनलाई बनाउने यसअघि नै संकेत गरेको थियो । रुसी सेना पूर्वी युक्रेनलाई चारैतिरबाट हमला गर्ने योजनमा रहेको बताइन्छ ।

यता, अमेरिकाले रुसी राष्ट्रपतिका दुई वयस्क छोरीहरू र रुसी बैंकमाथि प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसले युद्ध अपराध गरेको आरोप लगाउँदै अमेरिकाले पछिल्लो कदम चालेको हो ।

त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुचा शहरमा रुसी सेनाले सर्वसाधारणको नरसंहार गरेको बताउनुभएको । यस्तै युक्रेनी शहर बुचा र इरपिनमा भएका नरसंहारलाई लिएर क्यानडाले रुसी राजदूतलाई बोलाउने भएको छ ।