सेयर बजारमा उच्च गिरावट।

काठमाडौं:= सेयर बजारमा उच्च गिरावट आएको छ । केही दिनयता दैनिक दोहोरो अंकले घट्नेक्रममा रहेको सेयर बजार मंगलबार साढे ४६ अंकले ओरालो लागेको हो । केन्द्रीय बैंकले सिडी रेसियो ९० प्रतिशत माथि पुगेका बैंकलाई कर्जा विस्तार गर्न रोक लगाएकाले पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको बताइएको छ ।

मंगलबारको सेयर बजार ४६.४६ अंकले घटेर २४५२.०६ अंकमा झरेकोे छ । तर, नेप्से घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार एक अर्ब ७५ करोड कारोबार भएकोमा मंगलबार दुई अर्ब ६७ करोड पुगेको छ । राष्ट्र उत्थान र नेष्डो लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जाल्पा लघुवित्तको ६.०७ प्रतिशत र युनिलिभर नेपालको ३.२३ प्रतिशतले बढेको छ भने इमर्जिङ नेपालको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको ६.३७ प्रतिशत, युनाइटेड इदिमर्दी ६.०१ प्रतिशत, जनरल इन्स्योरेन्सको ५.६९ प्रतिशत र एनटिसीको ४.७० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

यस दिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै नौ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नबिल बैंक र नेपाल लाइफको आठ÷आठ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सूर्या लाइफको सात करोड ७३ लाख रुपैयाँ र अरुण भ्यालीको छ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।