‘आरआरआर’को सफलतापछि रामचरणले बाड्नुभयो ३५ वटा सुनको सिक्का।

मुम्बई:= दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ले यतिबेला विश्वभरबाट राम्रो व्यापार गरिरहेको छ । यो चलचित्रले नेपालबाट पहिलो सातामात्रै सात सय करोडको ग्रस व्यापार गरेको थियो ।

एसएस राजामौलीको यो चलचित्रले बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको छ । आफ्नो चलचित्रको सफलताबाट हर्षित चलचित्रका अभिनेता राम चरणले क्रु मेम्बरहरूलाई सुनका सिक्का बाँड्नुभएको छ । चलचित्रको सफलताको पछाडि क्रु सदस्यहरूको हात र मिहिनेत रहेको भन्दै ३५ सदस्यलाई भारु १८ लाख बराबरको सुनको सिक्का उपहार दिनुभएको हो ।

उक्त सिक्कामा एकातर्फ अभिनेताको नाम कुँदिएको छ भने अर्कोतर्फ आरआरआको संकेत कुँदिएको छ । राच चरणले सबै ३५ क्रु सदस्यलाई हैदरावादस्थित आफ्नो घर बोलाएर ब्रेकफाष्टका साथ एउटा-एउटा सुनको सिक्का प्रदान गर्नुभएको हो ।

राम चरणले उपहारमा दिएको सिक्का ११.६ ग्रामको छ । राम चरण, जुनियर एनटीआर, आलिया भट्ट, अजय देवगनको मुख्य भूमिका रहेको चलचित्र गएको मार्च २५ बाट विभिन्न भाषामा रिलिज भइरहेको छ ।