ग्लोबल आइएमईको एक्सटेन्सन हिले बजारमा।

लमजुङ:= ग्लोबल आइएमई बैंकले लमजुङको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमबीच काउन्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो।

पछिल्लो एक्सटेन्सन काउन्टरसँगै बैंकका एक्सटेन्सन काउन्टर संख्या ५० पुगेको बैंकले जनाएको छ । अध्यक्ष गुरुङले बैंकले एक्सटेन्सन काउन्टर सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सबै सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो।

वडाध्यक्ष तुलबहादुर घलेले एक्सटेन्सन काउन्टर सञ्चालन गर्दा गाउँपालिकाका ६, ७, ८ र ९ वडा तथा बेशीशहर नगरपालिकाका केही वडाका बासिन्दा लाभान्वित हुने बताउनुभयो।