मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक गर्यो विदाको तालिका, कति दिन बन्द रहन्छ् दूतावास?

क्वालालम्पुर (मलेसिया):= मलेसिया क्वालालम्पुर स्थित नेपाली राजदूतावासले आगामी नेपाली नयाँ बर्ष २०७९ सालभरि हुने सार्वजनिक विदाको तालिका सार्वजनिक गरेको छ।

आज मंगलबार दूतावासले एक सुचना सार्वजनिक गर्दै लेखेको छ, “विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरूलाई समेत दृष्टिगत गरी सार्वजनिक बिदा व्यवस्थापन गर्नुपर्ने नेपाल सरकारको निर्णयानुसार संवत् २०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका लागि नेपाली राजदूतावास क्वालालम्पुरको देहाय बमोजिमका बिदा रहने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।”

दूतावासले जारी गरेको सूचनामा जनाए अनुसार सो सार्वजनिक विदा तालिका सन् २०२२ अप्रिल १४ तारिखदेखि सन् २०२३ अप्रिल १३ तारिखसम्म लागू हुने जनाएको छ।
सूचनामा उल्लेख अवधी अनुसार मलेसिया स्थित नेपाली दूतावास १८ दिन सार्वजनिक विदाको कारण बन्द रहनेछ्।

तल हेर्नुहोस् नेपाली दूतावासले सार्वजनिक गरेको सुचना: