एजेन्सी (इन्डोनेसिया): = इण्डाेनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको सीएनएनले जनाएको छ।
बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डाेनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डाेनेसियाका धार्मिक विद्यालयहरुमा सुरक्षाको चिन्ता बढेको सीएनएनले जनाएको छ।
‘सन् २०१६ र २०२१ को बीचमा हेरीले १२ र १६ वर्षका १३ जना बालिकाले बलात्कार गरे जसमध्ये ८ जना गर्भवती भए,’ फेब्रुअरीमा एक न्यायाधिशले भने । बलात्कारका बेला कतिजनामाथि चोट समेत लागेको उनले जानकारी दिए ।
देशको बाल संरक्षण मन्त्री लगायत इन्डोनेसियाका अधिकारीहरूले पनि मृत्युदण्डको मागलाई समर्थन गरेका थिए, यद्यपि मृत्युदण्डको विरोध गर्ने राष्ट्रका मानव अधिकार आयोगले यो उपयुक्त नभएको बताएका थिए ।
इन्डोनेसिया, विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुसंख्यक देश हो जहाँ हजारौं इस्लामिक बोर्डिङ स्कूलहरू र अन्य धार्मिक विद्यालयहरू छन् । यस्ता विद्यालयले प्रायः गरिब परिवारका बच्चाहरूलाई शिक्षा प्राप्त गर्ने एकमात्र माध्यम प्रदान गर्दछ ।




















