श्रीलंकामा कर्फ्यु,संकटकालसँगै सामाजिक सञ्जालमा प्रतिबन्ध।

कोलम्बो:= श्रीलंकामा कर्फ्युुसँगै सामाजिक सञ्जालमा प्रतिबन्ध गरिएको छ । चरम आर्थिक संकटको विरुद्धमा विभिन्न ठाउँमा विरोध चर्किँदै गएपछि सरकारले देशभर ३६ घण्टा कर्फ्यु लगाउनुका साथै सामाजिक सञ्जालमासमेत प्रतिबन्ध लगाएको हो ।

श्रीलंककाको राष्ट्रपति राजपाक्सा गोटाबेले आदेश जारी गर्दै शनिबार बेलुकादेखि ३६ घण्टा कर्फ्यु घोषणा गर्नुभएको थियो । उक्त आदेशअनुसार अधिकारिक निकायको लिखित अनुमान नभईकन कोही पनि सर्वसाधारणलाई पार्क, ट्रेन, सडकलगायत सार्वजनिक स्थानमा निस्किन प्रतिबन्ध लगाइएको छ ।

यस्तै श्रीलंकामा सामाजिक सञ्जाल फेसबुक, हृवाट्सएप, टुईटरलगायत मा पनि प्रतिबन्ध लगाइएको छ ।

पछिल्ला दिनहरूमा श्रीलंकामा आर्थिक संकटकोविरुद्धमा भइरहेका प्रदर्शनले हिसांत्मक रुप लिदैँ गएको छ । गत बिहीबार राष्ट्रपति गोटाबेलेकै निवास अगाडि भएको प्रदर्शनमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप भएपछि प्रदर्शन झनै विकराल रूप लिँदै गएको हो ।

दुई करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्यवृद्धि आकाशिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरू नै स्थगित गरिएका छन् । एजेन्सी