काठमाडौं:= भारतको तीन दिने भ्रमणमा रहनुभएको प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
सो पूजामा देउवा पत्नी डा आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा। नारायण खड्का र भारतीय राजदुत विनयमोहन क्वात्रा लगायका उपस्थिति थियो । साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागी हुनुहुन्थ्यो ।
नयाँ दिल्लीबाट आइतबार बनारस पुग्नुभएको प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमास्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुग्नुभएको थियो।
बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जानुभएको हो ।




















