एजेन्सी := पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज आइतबार मतदान हुँदैछ ।पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको मतदानमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खानको सरकार ढल्ने छ ।
अविश्वास प्रस्ताव पारित भएमा विपक्षी गठबन्धनले पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ सहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएका छन् ।आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि प्रधानमन्त्री खानले आफ्ना समर्थकहरुलाई सडकमा उत्रिन आह्वान गरेका थिए । विपक्षीहरुले खानमाथि देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै आएका छन् ।
सत्ता सहयात्री केही दलहरु विपक्षी मोर्चामा आवद्ध भएकाले ३ सय ४२ सदस्य रहेको तल्लो सदनमा सत्तारुढ तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले बहुमत गुमाएको छ । पूर्व क्रिकेटर प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने र अन्तिम बल रहेसम्म संघर्ष गरिरहने बताएका छन् ।




















