काठमाडौं := ‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’ सम्पन्न भएको छ । स्टुडियो कुबेरको आयोजनामा राजधानीको बालुवाटारस्थित टाइम्स स्क्वाएर लञ्ज एण्ड बारमा सम्पन्न उक्त कार्यक्रमलाई पेजेन्ट नेपालले सहकार्य गरेको थियो । कार्यक्रममा १४ जना फिमेल मोडल तथा सातजना मेल मोडलहरू र्याम्पमा उत्रिनुभएको थियो ।
कार्यक्रममा वनलेग क्लासिकल डान्सर सीता सुवेदी र्याम्पमा उत्रिनेदेखि लोकप्रिय बेली डान्सर बिनु शाक्यको बेली डान्ससँग अन्य चर्चित कलाकार प्रस्तुतिसँगै र्याम्पमा उत्रिनुभएको थियो। शारीरिक रूपमा अशक्त भए पनि हिम्मत गरेको भन्दै वनलेग क्लासिकल डान्सर सीता सुवेदीको कार्यक्रममा उपस्थित दर्शक तथा कलाकर्मीले तारिफ गरेका थिए । साथै बेली डान्सर बिनुको बेली डान्समा ‘वान्स मोर’ आएको थियो ।
कार्यक्रम पश्चात बोल्दै डान्सर सुवेदीले आफूलाई निमन्त्रणा गरेकोमा आयोजक टिमलाई धन्यवाद दिनुभयो । देश विदेशका विभिन्न स्टेजमा डान्स गर्दै आउनुभएकी सुवेदीले यसअघि पनि धेरै पटक विभिन्न ¥याम्पमा हिँडिसकेको बताउनुभयो । कार्यक्रममा लोकप्रिय नायक रमेश उप्रेती पनि आकर्षक पोशाकमा ¥याम्पमा उत्रिनुभएको थियो । साथै कमेडी च्याम्पियनका प्रतिस्पर्धी प्रभात लामाको कमेडी प्रस्तुतिबाट दर्शक झुमेका थिए ।
कार्यक्रममा विभिन्न सिक्वेन्सअन्तर्गत कल्चरल शो, समर हटको शो, दौरा सुरवालको शो गरिएको थियो । कार्यक्रममा गायक तथा कलाकार यमन श्रेष्ठ, गायक विनोद ढकाल, गायक तथा संगीतकार सुमनकुमार श्रेष्ठ, गायिका यजु शिल्पकार, गायक सविन बज्राचार्य तथा डिजे अमुलगयात कलाकारको प्रस्तुति रहेको थियो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यता एवं विश्वकिर्तिमानी गीतकार डा.डिआर उपाध्यायको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम आयोजक स्टुडियो कुवेरका प्रमुख एवं चर्चित फेशन फोटोग्राफर कुवेर तामाङ्ग, एसोसिएट पेजेन्ट नेपालका प्रमुख राज लुइँटेल तथा वरिष्ठ समाजसेवी तथा सफल युवा व्यवसायी अमृत खड्का, पूर्वसैनिक अधिकृत तथा समाजसेवी विजय थापा कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लबबहादुर कार्की, गीतकार रोशन भट्टराइले गमलामा पानी हालेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
फेशन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको शो लाई सिसिम लिम्बू तथा ईश्वर वल्लभ उप्रेतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।



















