मुम्बई := साउथ इण्डियन चलचित्र ‘आरआरआर’ यतिबेला विश्वभरी प्रदर्शन भइरहेको छ । यो चलचित्रले पहिलो दिनमै विश्वभरीबाट दुई सय करोड रुपैयाँ बढीको कलेक्सन गरेको थियो । नेपालमा पनि यो चलचित्रको कमाई आक्रमक छ ।
मुलुकका डेढ सय हलमा प्रदर्शन भइरहेको यो चलचित्रले करिब सात करोड रुपैयाँ ग्रस कमाएको छ । एसएस राजामौली निर्देशित चलचित्रले घरेलु बक्स अफिसमा दैनिक औसत एक करोडको हिसाबले कमाइ गरिरहेको छ । पहिलो साता चलचित्रले सात करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ।
दोस्रो सातासम्ममा चलचित्रले नेपाली बक्स अफिसमा हलिउड चिलचित्र‘स्पाइडरम्यानः नो वे होम’को लाइफटाइम कलेक्सनलाई पनि पछाडि पार्ने अनुमान छ । टम हल्यान्ड स्टारर फिल्मले नेपालमा सात करोड ४० लाख कुल कमाइगरेको थियो । क्युएफएक्ससहित मुख्य मल्टिप्लेक्समा बुधबार बेलुकासम्म आरआरआरका सबै शो हाउसफुल देखिएको छ ।




















