४० लाखभन्दा बढी मानिसले छाडे युक्रेन।

किभ:= युक्रेन युद्धका कारण अन्य देशमा शरण लिने युक्रेनीको संख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अुनसार युक्रेन युद्धका कारण ४० लाखभन्दा बढी युक्रेनीले देश छोडेर अन्य देशमा शरणार्थी बनेका छन् । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरू थकित र निराश छन् । पछिल्ला दिनमा शरणार्थीको दैनिक प्रवाह ४० हजार छ ।

‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यु साल्टमार्शले भन्नुभएको छ । ‘हामीले लाखौं मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौं’, रेड क्रस र रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी)को अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष फ्रान्सेस्को रोक्काले भन्नुभयो, ‘मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’

युक्रेनी शरणार्थीहरूबाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैरयुक्रेनीहरू पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।युक्रेनमाथि रुसले गत फेब्रुवरी २४ देखि आक्रमण सुरु गरेको थियो । युक्रेनी सेनाले रुसी सेनाका अगाडि घुँडा नटेकी आफ्नो देशलाई रुसी कब्जामा पर्नबाट जोगाइरहेका छन् ।

यसैबीच टर्कीमा भएको शान्तिवार्तापछि रुसले उत्तरी युक्रेनको किभ र चेर्नीहिभ क्षेत्रमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने घोषणा गरेको छ । रुसका उपरक्षामन्त्रीले आपसी विश्वास बढाउनका लागि त्यस्तो कदम चाल्न लागिएको बताउनु भएको छ ।

किभ । युक्रेन युद्धका कारण अन्य देशमा शरण लिने युक्रेनीको संख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अुनसार युक्रेन युद्धका कारण ४० लाखभन्दा बढी युक्रेनीले देश छोडेर अन्य देशमा शरणार्थी बनेका छन् । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरू थकित र निराश छन् । पछिल्ला दिनमा शरणार्थीको दैनिक प्रवाह ४० हजार छ ।