कमेडी च्याम्पियन हिमेश ‘वरवधु’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्दै।

काठमाडौं:= कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तले चलचित्रमा डेब्यु गर्ने हुनुभएको छ । उहाँ ‘वरवधु’ चलचित्र मार्फत अभिनयमा डेब्यु गर्न लाग्नु भएको हो । ‘वरवधु’लाई मिलन चाम्सले निर्देशन गर्ने बताइएको छ । हिमेशसँग चलचित्र अभिनयको विषयमा निर्देशक चाम्सले हालै सम्झौता भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

 

हिमेश चलचित्रमा गैरआवासीय नेपाली (एनआरएन)को भूमिकामा देखिने बताइएको छ । वैशाखको पहिलो साताबाट छायांकन सुरु हुने फिल्म रोमानिया र टर्कीमा छायांकन हुनेछ । एलआर इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको चलचित्रमा हिमेशको अलवा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामालगायतको अभिनय रहनेछ ।