इटाली लगातार दोस्रो पटक विश्वकप फुटबलमा छनोट हुन असफल।

एजेन्सी := युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ। युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो ।

इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे ।इटाली युरोपियन छनोटबाट सिधै विश्वकपमा पुग्न असफल भएको थियो । जसको कारण प्ले अफ खेलेको हो । अब नर्थ म्यासेडोनियाले पोर्चुगलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।