तनहुँ := नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका नेपाली चलचित्र क्षेत्रका नायक पल शाहविरुद्ध परेको मुद्दामा पुर्पक्षका लागि पललाई जेल (थुना) मा राख्न तनहु जिल्ला अदालतले आदेश दिएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि जेलमा पठाउने आदेश दिएको हो।
तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनाभित्र पठाइएको छ । मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने १ लाख रुपैयाँ धरौटी माग गरिएको थियो। जस अनुरुप जोशी भने धरौटी तिरेर रिहाई भएका छ्न।
बलात्कारको उजुरी परेपछि पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए भने पटक पटकको म्याद थप गरेर अनुसन्धानपछि चैत ८ गते मुद्दा दायर भएको थियो । नाबालिग किशोरीले जबरजस्ती करणीको आरोप लगाउँदै फागुन ११ गते उनीविरुद्ध जाहेरी दिएकी थिइन् । तनहुँको शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर शाहविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । उनीविरुद्ध गैँडाकोटमा पनि सोही प्रकृतिको मुद्दा छ ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ । पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी हुन् ।
तल हेर्नुहोस् मुद्दा को पुर्णपाठ :



























