काठमाडौं:= लोकप्रिय गायक धीरज राईले २५ वर्षअघि सार्वजनिक गर्नुभएको लोकप्रिय गीत ‘लुकी लुकी’को नयाँ भिडियो सार्वजनिक गरिएको छ ।
ट्रि इन्टरटेन्मेन्टले २५ वर्षअघिको गीतमा नयाँ भिडियो निर्माण गरेको हो । त्यो समयमा नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडियोमा धीरज राईलाई मात्र देख्न सकिन्छ ।
नयाँ म्युजिक भिडियोमा धीरजकै शब्द, संगीत र स्वर छ । माइकल चन्दको निर्देशन रहेको भिडियोमा आँचल शर्माको साथै राज र डेलविस फिचर्ड हुनुहुन्छ । दर्शकको चाहनानुसार म्युजिक भिडियो बनाएको धीरज बताउनुहुन्छ । उहाँले कार्यक्रममा भन्नुभएको छ, ‘मलाई दर्शकले सधैं गीतको भिडियो बनाउन भन्नुहुन्थ्यो ।
युट्युबमा गएर गीत खोज्दा २५ वर्षअगाडिको पुरानो भिडियोमात्र देखिन्थ्यो । अहिले गीत हेर्ने जमाना भएकाले भिडियो बनाएको हुँ ।’ म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।




















