काठमाडौं:= ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’को चौथो सिजनको पहिलो अडिसनबाट १२ जना प्रतियोगीलाई फाइनलका लागि चयन गरिएको छ । यस्तै, दोस्रो चरणको अडिसन यसैसाता सुरु हुने आयोजकले जनाएको छ ।
दोस्रो अडिसन काठमाडौंको रविभवनस्थित रोज सिप विकास तालिम केन्द्रमा यही बिहीबार चैत १० गते बिहान ११ बजेबाट सुरु हुने बताइएको छ । पहिलो अडिसन चैत ७ गते सोही स्थानमा सम्पन्न भएको थियो ।
आयोजक संस्था रोज सीप विकास तालिम केन्द्रकी अध्यक्ष एवं बरिष्ट व्युटिसियन सोनी कारंजितका अनुसार ११ चैतबाट यो प्रतियोगिताको प्रशिक्षण सुरु गरिने छ । प्रतियोगितामा सहभागीहरूलाई दुई साता लामो विभिन्न प्रशिक्षण दिएर ग्राण्ड फिनालेमा उतारिने कारंजितले बताउनुभयो ।
चौथो संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को अडिसनमा एन्फाका उपाध्यक्ष सुन्दर थापा, अग्रज ब्युटिसियनहरू रिना अवाले, देवी महर्जन, रोज सीप विकास तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारंजित, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल निर्णायक हुनुहुन्थ्यो ।
रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रालिले विगत चार वर्षदेखि देशभरका ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।




















