आयोजक भोजपुरलाई हराउँदै रुपन्देही मेयर भोजपुर गोल्डकपको फाइनल प्रवेश।

[ निरोज कोइराला ] 

भोजपुर:= पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटबल संघलाई ५ गोल गर्दै गोर्खा ब्वाइज रुपन्देही फाइनलमा प्रवेश गरेको छ । आयोजक भोजपुरका तर्फबाट ३ गोल हुन पुग्यो ।

रुपन्देहीका तर्फबाट यानिकले खेलको ५२ औं मिनेटमा १ गोल र भोजपुरका बिजय भुजेलले ७६ औं मिनेटमा १ गोल गरे पछि दुवै तर्फ १/१ गोल भएको थियो । दुवै तर्फ बरावरी भए पछि खेल ट्राइवेकरमा गएको थियो ।

ट्राइबेकरमा रुपन्देहीका तर्फबाट निशान न्यौपाने, सुनिल खड्का, फोवना, मनोज श्रेष्ठ र यानिकले गोल गर्नुभएको थियो भने भोजपुरका तर्फबाट लक्ष्मण तामाङ, रामबहादुर तामाङ र प्रबिण राईले गोल गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच रुपन्देहीका एबोडे हुनुभयो ।

आइतबारको दोस्रो सेमिफाइनल खेल अमृक्ता परिवार, वेष्ट बंगाल र राष्ट्रिय जागृति क्लव सुनसरीका बीचमा हुने आयोजकले जानकारी दिएको छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १ गतेबाट नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका थिए ।

३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा संचालन भइरहेको प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ ।