मलेसियामा कार्यरत श्रमिकहरुको न्युनतम पारिक्ष्रमिक १५ सय रिंगेट हुन्छ: प्रधानमन्त्री इस्माइल साबरी।

क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले मलेसियामा कार्यरत स्वदेशी तथा विदेशी सम्पुर्ण कामदारको न्युनतम पारिक्ष्रमिक (बेसिक सेलरी) बढाउने बताएका छ्न।

मलेसिया सरकारको प्रधानमन्त्री दातुक श्रि इस्माइल साबरी बिन याकोबले आगामी महिना मे (May) १ तारिखदेखि लागू हुनेगरि यहाँ कार्यरत सम्पुर्ण श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट कार्यान्वयन गर्ने घोषणा गर्नु भएको हो।

शनिबार एक संबोधन कार्यक्रमका बिच मलेसियन प्रधानमन्त्री दातुकश्री इस्माइल सब्रि याकुबले नीजि क्षेत्रका सम्पूर्ण कामदारहरुको तलब यहि मे महिना देखि १५ सय रिंगेट पुर्‍याउने जानकारी दिएसँगै स्वदेशी तथा विदेशी श्रमिकहरुमाझ खुसि छाएको छ। न्युनतम पारिक्ष्रमिक वृद्धि हुने भएसंगै यहाँ मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले समेत लाभ लिन सक्ने छ्न।

प्रधानमन्त्री साबरीले भने ‘सरकार जीवनयापनको लागतमा भएको बृद्धि र यसको प्रभावको बारेमा सचेत छ । त्यसैले, म यो घोषणा गर्न चाहन्छु कि प्रतिमहिना १५ सय रिंगेट न्यूनतम पारिश्रमिक आगामी मे १ बाट देशव्यापी रूपमा सुरु हुनेछ’, शनिबार उमनोको साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री साबरीले भने ।

सन् २०२० मा मलेसियामा नीजि क्षेत्रका कामदारहरुको न्यूनतम तलब १२ सय रिंगेट पुर्‍याइएकामा श्रमिकहरुको हकहितमा काम गर्ने संस्थाहरुले भने श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट पुर्‍याउनु पर्ने सरकारसंग माग गर्दै आएका थिए।

मलेसियामा झन्डै तीन लाख नेपाली कार्यरत रहेका छन् र अधिकांशले पहिले देखि नै १५ सय रिंगेट भन्दा बढि तलब पाईरहेपनि केहि नेपालीहरु भने न्यूनतम तलब १२ सय रिंगेटकै भरमा काम गरिरहेकामा अब देखि भने १५ सय रिंगेट बेसिक सेलरी पाउने कुराले खुशि भएका छन्। BERNAMA

advertise