काठमाडौं := भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए । त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए।
त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए । आज भएको ग्रान्ड फिनालेमा आफ्ना अन्य चार प्रतिस्प’र्धीलाई पछि पार्दै भुपेन्द्रले नेपाल आइडल सिजन–४ को उपाधि चुमेका हुन् । टाइटलसँगै भुपेन्द्रले नगद ३० लाख रुपैयाँ प्राप्त गरेका छन् भने फस्ट रनरअप तामाङले ५ लाख रुपैँया र ट्रफी, सेकेन्ड रनरअप नेपालले ३ लाख रुपैँया र ट्रफी पाएका छन् ।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भएका छन्। उनीहरुले गिटार र दस लाख बरारको बिमा पाएका छन्। ग्रान्ड फिनालेमा भुपेन्द्रसँगै झापाका विश्वास उप्रेती, मोरङकी लक्ष्मी पौडेल, झापाका नाम्गेल तामाङ र रामेछापका रञ्जित नेपाली पुगेका थिए । नेपालमा पहिलो पटक फ्रेन्चाइज गायन रियालिटी शोको सुरुवात गरी सिजन-४ गत मंसिर २३ गतेदेखि सुरु भएको थियो ।




















