इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई २-० गोलले हरायो।

लण्डन:= इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २-० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डिएगो जोटा र रोबर्टाे फिर्मिनाले एक/एक गोल गर्नुभयो । पहिलो हाफको खेलमा कुनै गोल नभए पनि दोस्रो हाफमा दुवै गोल सम्भव भएको थियो । खेलको ५४औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभयो । उहाँले थियागो अलकान्ताराको पासमा गोल गर्नुभएको थियो ।

यस्तै, ६२औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पार्नुभयो । उहाँले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्नुभएको थियो । लिभरपुलसँगको हारसँगै प्रिमियर लिगमा आर्सनलको ६ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आर्सनल १ जनवरीमा शीर्षस्थानको म्यानचेष्टर सिटीसँग २-१ ले पराजित भएको थियो । त्यसपछि इएफएल कपमा २१ जनवरीमा लिभरपुलसँग २-० ले पराजित भएको थियो । पछिल्लो ९ खेलमा आर्सनलले ५ जित र समान २ बराबर र हारको नतिजा निकालेको थियो ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेष्टर सिटीसँगको अंक दूरी १ मा छोट्याएको छ । लिभरपुलको २९ खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको सिटीको ७० अंक छ । पराजित आर्सनल २७ खेलबाट ५१ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

अर्काे खेलमा टोटेनहमले ब्राइटनमाथि २-० को जित निकालेको छ । टोटेनहमको जितमा क्रिस्टियन रोमेरो र ह्यारी केनले गोल गरे । टोटेनहमले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो । जितपछि टोटेनहम २८ खेलबाट ४८ अंक जोडेर सातौँ स्थानमा उक्लिँदा पराजित ब्राइटन २९ खेलबाट ३३ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।