पल शाह भन्छन् : ‘गायीकालाई राति गुडनाइट भन्न ढोकासम्म गएँ, तर जबरजस्ती गरिनँ’

काठमाडौं:= कलाकार पल शाहले आफू बिरु’द्ध ब ला’त्कार आरो’प लगाउने नाबालिग महिलामाथि ज’बर ज’स्ती नगरेको वयान दिएका छन्। नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले वयानका क्रममा ज’वर ज’स्ती नगरेको तर राति गुडनाइट भन्न गएको भनेर वयान दिएको प्रहरी श्रोतले जनाएको छ ।

स्रोतका अनुसार पलले सरकारी वकिल सामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ । राति सुत्ने बेला म गुड नाइट भन्न ती गायिकाको ढोका सम्म पुगेँ । तर जबर ज’स्ती गरिन।’ ‘ती गायिका र मेरो कोठा चाही नजिकै थियो । १०१ नम्बर कोठामा म थिएँ । र, गायिका १०२ नम्बर बसेकी थिइन् । होटाल सुटिङ युनिटले बुक गरेका हुन् । को को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ उनको भनाइ उदृत गदै प्रहरी स्रोतले जनायो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक ब ला’त्कार गरेको भन्दै पल बिरु’द्ध उजुरी दिएकी थिइन् । ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई ब ला’त्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैडाकोटमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरा’सतबाट पल शाहलालाई गैडाकोटमा ल्याइएको थियो। गैडाकोटमा संकलित प्रमाण र वयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ। अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो । त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ ।