३० विद्यार्थीलाई अग्नि ग्रुपको छात्रवृत्ति।

काठमाडौं:=”अग्नि ग्रुपले ३०औँ वाषिकोत्सवका अवसरमा ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ । यस वर्ष एसइई उत्तीर्णमध्ये ३० जनालाई उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण गरेको हो । कम्पनीले हरेक वर्ष २५ जना विद्यार्थीलाई पुरस्कार वितरण गर्ने भए पनि यस वर्ष ३० विद्यार्थीलाई ३० वर्षे उत्सवका लागि छानिएको जनाएको छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालालाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिनुभयो । श्रेष्ठका अनुसार अग्निले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्र्याक्टरको अधिकृत वितरकका रूपमा सञ्चालन सुरु गरेको थियो।

हाल अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर्स र सेवाको प्रिमियम बिक्रेता हो र यो मापन र क्षमतामा अतुलनीय छ भने देशभरका ७१ भन्दा अधिक डिलर तथा शाखासहित बृहत् नेटवर्क छ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यममा विविधीकरण गरेको छ । हाल समूहअन्तर्गत १० भन्दा बढी कम्पनी सञ्चालनमा रहेका छन् ।