काठमाडौं:= डाबर नेपालले डाबर बाटिका नेचुरल्स स्याम्पो बजारमा ल्याएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको हो । नयाँ उत्पादनको ब्रान्ड एम्बासडर स्वस्तिमा खड्का र डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलिना शर्माले संयुक्तरूपमा सार्वजनिक गर्नुभएको कम्पनीले जनाएको छ ।
डाबर नेपालले नेपाली स्याम्पो बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्तालाई उच्च गुणस्तरीय बाटिका स्याम्पो उपलब्ध गराएको जनाएको छ । डाबर बाटिका नेचुरल्स स्याम्पो तीन भेरियन्ट अर्थात् ब्ल्याक साइन स्याम्पो कालो र चम्किलो कपालका लागि थिक एन्ड लङ स्याम्पो, बाक्लो र लामो कपालका लागि र एन्टी डे«नड्रफ स्याम्पो चायामुक्त कपालका लागि बनाइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हरेक भेरियन्टमा १० खास चुनिएको प्राकृतिक तत्वले भरिपूर्ण छ, जसले कपालको विशेष समस्याको समाधान गर्छ र कपाललाई नरम बनाउनुका साथै क्लिङसिङ्गर कन्डिसियनिङ दिन्छ । डाबर बाटिका नेचुरल्स स्याम्पो १७० एमएल, ३३० एमएल र ६५० एमएल बोतलमा आकर्षक मूल्यमा उपलब्ध रहेको भने ७ एमएल र ३.५ एमएलको स्यासेमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि रहेको छ ।




















