मुम्बई:= बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनसंगै अभिनेताद्धय बमन ईरानी,अनुपम खेर , डेनि डेङ्ग्जोम्पा लगायतले नेपाली ढाकाटोपी लगाउनुभएको छ । बच्चनले ढाकाटोपी लगाएको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गर्नुभएको हो ।
फोटोको क्याप्सनमा उहाले ‘केटी को केटी को’ लेख्नुभएको छ। तस्वीरमा उहाले कैलो कोट पनि लगाउनुभएको छ । उहाँले चलचित्रको सुटिङका क्रममा नेपाली ढाका टोपी लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल उहा ‘उँचाइ’ चलचित्रमा व्यस्त हुनुहुन्छ ।

हाल यो चलचित्र भारतको उत्तराखण्ड राज्यमा सुटिङको क्रममा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही महिनाअघि मात्रै यो चलचित्रको टिमले नेपालमा आएर सुटिङ गरेको थियो । सुरुमा बच्चन पनि नेपालमा आउने भनिए पनि अस्वस्थताका कारण आउन पाउनु भएको थिएन ।




















