[ सीताराम ओझा ]
धनगढी:= शहीद स्मारक ‘ए डिभिजन क्लब हिमालयन शेर्पा सर्वाधिक धनराशिको पाँचाँै मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साबिक विजेता सुदूरपश्चिम–११ स्पोट्र्स क्लबलाई २-१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक-एक गोल गर्नुभयो । यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गर्नुभयो । खेलको ३४औँ मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाउनुभयो । ५५औँ मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २-० ले अघि रहृयो । त्यसपछि खेलको ६७औँ मिनेटमा विवेकले आत्मघाती गोल गरे पनि हिमालयन २-१ ले विजयी भयो ।
प्रतियोगिताअन्तर्गत मंगलबार लिग विजेता मच्छिन्द्र क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । अब हिमालयनले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्ने आयोजक सुदूरपश्चिम-११ स्पोट्र्स क्लबका सचिव तथा प्रवक्ता ओमविक्रम चन्दले जानकारी दिनुभयो । आयोजक सुदूरपश्चिम-११ स्पोट्र्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।




















