काठमाडौं := अहिलेका चर्चित मुद्दा पल शाह विरुद्धका जबर्जस्ती नाबालिकालाई बलात्कार गरेको मुद्दामा पीडित नाबालिगको पक्षमा बोलेकी नेपाली चलचित्र क्षेत्रकि चर्चित अभिनेत्री रेखा थापालाई सामाजिक संजालमार्फत जथाभावी गालीगलौज गरेको आरोपमा सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोले वाइबालाई पक्राउ गरी प्रहरीले सोधपुछ गरिरहेको जनाएको छ । वाइबामाथि अभिनेत्री थापाले गत शुक्रबार साइबर व्युरोमा निवेदन दिएकी थिइन् । अभिनेत्री थापाले पल शाह प्रकरणमा नाबालिक पीडितको पक्षमा अभिव्यक्ति दिएको भन्दै वाइबाले जथाभावी गालीगलौज गरेकी थिइन् ।




















