काठमाडौं := बलात्कारको आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँलाई संसदले निलम्बन गरेको छ । प्रतिनिधि सभाको आजको बैठकले उनलाई निलम्बन गरेको हो। बानिया नेपालगञ्ज प्रहरी हिरासतमा रहेका छन्।
उनी बिरुद्ध अनुसन्धान प्रहरीले गरीरहेको छ । माघ १९ गते नेपालगन्जस्थित एक होटलमा बानियाँले ४० वर्षीया महिलालाई पैसा दिन्छु भन्दै बोलाएर बास बस्न लगाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।पीडित महिलाले बानियाँविरुद्ध माघ २७ गते बाँके प्रहरीमा जाहेरी दिएकी थिईन्।




















