काठमाडौं:= नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि १८ खेलाडीमाथि सर्वाधिक भाउ लागेको छ । ‘ए’ श्रेणीमा रहेका १८ खेलाडीमाथि उहाँहरूको अधिकतम रकम रु. ३ लाख ५० हजार रूपैयाँको बोली १० टोलीले लगाएको हो । ‘ए’ श्रेणीमा रहेका ४० मध्ये १८ खेलाडीमाथिमात्रै सर्वाधिक भाउ लागेको हो।
काठमाडौं रेजर्सले आशिष गुरुङ, सुनिल बल, विराटनगर सिटी एफसीले दीप कार्की, चितवन एफसीले त्रिदेव गुरुङ, वीरगञ्ज युनाइटेडले मानबहादुर तामाङ, धनगढी एफसीले सिमान्त थापा, पुजन उपरकोटी, आकाश बुढामगर, पोखरा थन्डर्सले एरिक विष्ट, दिनेश राजवंशी, छिरिङ गुरुङ, झापा एफसीले सेसेहाङ आङदाम्बे, निसान्त थापा, ललितपुर सिटी एफसीले सनिस श्रेष्ठ, विशाल सुनार, स्पोर्टिङ इलामले गौतम श्रेष्ठ, लुम्बिनी बुटवलले दर्शन गुरुङ र सुमन अर्याललाई सर्वाधिक रकम हाल्यो।
त्यसबाहेक विराटनगरले मनिष डाँगी, दीप कार्की, मिलन राई, अवा लामिछाने, सरोज तामाङ, रोहित कार्की, अञ्जन राई, अशोक खवास, दोर्जी तामाङ, युदु लिवालङ बुद्धिमान राई, विजय धिमाल, प्रकाश बुढाथोकी, निरकुमार राई, प्रदीप लामालाई भित्र्याउन २० लाख १० हजार खर्च ग¥यो।
वीरगञ्जले विश्वास श्रेष्ठ, शिव गुरुङ, सुवास गुरुङ, मानबहादुर तामाङ, मनिष थापा, एकराज बुढाथोकी, टेकेन्द्र थापा, राजीव गुरुङ, सुरज जिउ ठकुरी, विमल राना, सुदीप गुरुङ, रेजिन सुब्बा, सूर्य अधिकारी, अविशेक गुरुङ र विजय श्रेष्ठलाई भित्र्यायो । यी खेलाडीका लागि वीरगञ्जले २२ लाख ९० हजार खर्चेको थियो।
बुटवल लुम्बिनी एफसीले अजित भण्डारी, सुमन अर्याल, अविशेक राई, रवि पासवान, योजन राई, कपिल ढकाल, दर्शन गुरुङ, विश्वास चौधरी, हेमन्त थापामगर, सरोज दाहाल, सञ्जित श्रेष्ठ, युद्ध शाही, बुद्धिबल तामाङ, क्रिटिस चुञ्जालाई २३ लाख ५० हजारमा टोलीसँग अनुबन्ध ग¥यो।
यस्तै धनगढी एफसीले शिशिर लेखी, सिमान्त थापा, अमृत श्रेष्ठ, प्रकाश अवस्थी, रवि थिङ, सुसान श्रेष्ठ, दिलन लोक्तान, राजु योगी, रूपेश केसी, प्रवेश कुवँर, टंक बस्नेत, पुजन उपरकोटी, आकाश बुढामगर, पाल्साङ लामा, नवयुग श्रेष्ठका लागि २४ लाख रुपैयाँ खर्चियो । झापा एफसीले उत्सब राई, लकन लिम्बू, रिटिक खड्का, अमित तामाङ, आशिष लामा, रन्दीप पौडेल, सेसेहाङ आङदाम्बे, कमल श्रेष्ठ, निसान खड्का, सन्तोष तामाङ, देब लिम्बू, रञ्जित विष्ट, बिके तामाङ, विपिन कँडेल र जन कोइरालाका लागि २३ लाख ६० हजार रुपैयाँ खर्चेको थियो।
साविक विजेता काठमाडौं रेजर्सले आशिष गुरुङ, राजीव लोप्चन, कुलदीप कार्की, पुजन होना, राजेन्द्र रावल, आशिष शाक्य, विराज महर्जन, मनिष सेढाइँ, सुनिल बल, नरेन्द्र चौधरी, श्यामबाबु क्याप्चेकी, जगजित श्रेष्ठ, दीपक गुरुङ, सुमन लामा, रोहन पाहारीका लागि २० लाख ५० हजार खर्च गर्यो।
त्यसबाहेक ललितपुर सिटी एफसीले नवीन गुरुङ, डोना थापा, दिवस उराउ, किशोर गिरी, रूपबहादुर लामा, विशाल सुनार, विकेश तामाङ, सनिष श्रेष्ठ, बुद्ध चोम्जोङ, विमल पाण्डे, नवीन लामा, राजेश परियार, मिक्चेन तामाङ र जीवन गुरुङका लागि २२ लाख ७० हजार रुपैयाँ खर्चिएको थियो।
पोखरा थन्डर्सले अञ्जिल श्रेष्ठ, रुमेश बर्तौला, मनिकुमार लामा, कमल थापामगर, रोशन रानामगर, दिनेश राजवंशी, छिरिङ गुरुङ, दीपकसिंह ठकुरी, सोनाम लिम्बू, चेतन थारू, अरिक विष्ट, अवियान प्रधान, जय गुरुङ, टेबबहादुर बुढाथोकी र सकल रेग्मीलाई २३ लाख रुपैयाँमा भित्र्यायो।
यसै सिजनको नयाँ टोली स्पोर्टिङ इलाम एफसीले दिवाकर चौधरी, विवेक बस्नेत, अशोक थापा, करण रावत, युवराज खड्का, दिपेश आलेमगर, आशिष राई, निशान्त थपाा, जीवन गुरुङ, गौतम श्रेष्ठ, अविशेष बराल, सुजन राई, निरज चौधरी र हेमन्त श्रेष्ठका लागि १८ लाख ५० हजार खर्च ग¥यो।
चितवन एफसीले त्रिदेव गुरुङ, अशोक बराल, लक्ष्मण रुचाल, विश्वा उदास, आयुष घलान, भुवन बस्नेत, राजन गुरुङ, सन्जोक राई, विशाल बस्नेत, टोपबहादुर राना, सन्जोक लामा, पासाङ लामा, राजाबाबु थापा, प्रदीप लम्साल र प्रिन्स जर्ज कार्कीका लागि १९ लाख रुपैयाँ खर्चियो।




















