बोगोटा:= कोलम्बियामा भएको खानी दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । कोलम्बियाको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइलाखानीमा विष्फोटहुँदा १३ जनाको मृत्यु भएको हो ।
अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विष्फोट भएर कैयौं नागरिकको ज्यान गएको थियो । खानीभित्र रहेको ग्यास विष्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको हो ।




















