काठमाडौं:= चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्रको ट्रेलर सोमबार ट्रेलर सार्वजनिक भएको हो ।
चलचित्रमा प्रियंका कार्की, विक्रम डी जोशी, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, दीपिका प्रसाईंलगायत कलाकारको अभिनय छ । चलचित्रको कथा निर्देशक बोहरा विक्रम डी जोशीले लेख्नुभएको हो । चलचित्र आगामी चैत ११ गतेदेखि देशैभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ ।



















