काठमाडौं:= महाशिवरात्रिको पूर्वसन्ध्यामा विभिन्न ठाउँबाट साधुसन्त पशुपतिनाथ मन्दिरमा आउनेक्रम जारी छ । महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल निकै बढेको छ ।
महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भीड बढेको छ । हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था समेत गरिएको छ ।































