एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर थानकोट कटाए हुन्छ: महामन्त्री गगन थापा।

काठमाडौं:= नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी राष्ट्रघाति नभएको दाबी गर्नुभएको छ । उहाँले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति दिनुभएको छ।

‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन् । म असली राष्ट्रवादी हो । देशका लागि मर्न तयार छु,’ उहाँले भन्नुभयो । प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको ब्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उहाँले यो राष्ट्र्घाती भए पाँच वर्षपछि आफूलाई चारपाटे मोड्न चुनौति दिनुभयो ।

उहाँले आफूहरूले गल्ती नगरेको र जिम्मेवारी लिनुपर्ने बताउनु भयो । एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको उहाँको भनाइ थियो ।