काठमाडौं:= महोत्सवमा सुदूरपश्चिमको मौलिक लोक संस्कृति र स्थानीयले प्राथमिकता पाउनुपर्छ भन्ने आवाजप्रति ऐक्यबद्धता एवं समर्थन जनाउँदै ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा लोकगायक बद्री पंगेनी सहभागी नहुने निर्णय गर्नुभएको छ ।
स्थानीय कलाकारको गुनासो र मागको सम्बोधन गर्दै आफू महोत्सवमा सहभागी नहुने निर्णय गरेको गायक बद्री पंगेनीले बताउनुभएको छ । पंगेनीले भन्नुभएको छ, ‘अहिले स्थानीयस्तरमा जहाँ महोत्सवको आयोजना हुन्छ ।
त्यहाँ स्थानीय कलाकारले प्राथमिकता पाउनुपर्छ भन्ने आवाज उठ्दै आएको छ । स्थानीयले प्राथमिकता पाउनुपर्छ भन्ने मेरो पनि माग हो । त्यसैले महोत्सवमा मैले नजाने निर्णय गरेँ।’ अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आज अर्थात् १३ देखि २५ फागुनसम्म आयोजना हुँदैछ ।




















