जब निर्देशक सुदर्शन थापा प्रहरी चौकीमा पुगे अनि भने, पल शाह म संग सम्पर्कमा छैन्।

काठमाडौं:= एक नाबालिग गायिकाले जबरजस्ती करणीको अरोपमा जाहेरी दिएपछि फरार रहनुभएका नायक पल शाहलाई प्रहरीले खोजिरहेको छ । यसैबीच पलसँग निकटतम केही ब्यक्तिहरूलाई प्रहरीले बोलाएर सोधपुछ गरिरहेको छ ।

यसैबीच चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई नयाँ बानेश्वर प्रहरी कार्यालयले सामान्य सोधपुछपछि छाडेको छ । शनिबार दिउँसो प्राइम टाइम टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा अन्तर्वार्ता दिएपछि उहालाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उहाँको फोनसमेत नियन्त्रणमा लिएर करिब एक घण्टा सोधपुछ गरेको थियो ।

थापालाई नायक पल शाहको बारेमा सोधपुछ गर्न प्रहरीले सुदर्शनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उहाँलाई पलसँग सम्पर्क भए÷नभएको बारेमा सोधेको थियो । तर, उहाँले पल आफ्नो सम्पर्क नभएको प्रहरीलाई बताउनुभएको छ । पलसँग सम्पर्क भए खबर गर्न उहाँलाई प्रहरीले आग्रह गरेको छ ।

प्रहरीबाट छुटेपछि सुदर्शनले सञ्चारकर्मीसँग भन्नुभएको छ, ‘अहिले प्रहरीले पल शाहको खोजी गरिरहेको छ । त्यही सिलसिलामा पलले अभिनय गरेको चलचित्रको निर्देशक र निर्माता भएको हिसाबले मसँग कुनै सम्पर्क छ कि छैन भनेर सोधपुछ गरिएको थियो ।

पल शाहसँग मेरो सम्पर्क भयो भने जानकारी गराउनेछु भनेर प्रहरीलाई भनेको छु । मैले सकेको सहयोग प्रहरीलाई गर्ने नै छु ।’ थापाले बुधबार दिउँसोसम्म पल आफूसँगै रहेको र त्यसपछि सम्पर्कमा नआएको जानकारी दिनुभयो ।