काठमाडौं:= देवी घर्तीमगर र ध्रुव बिस्कोको स्वरमा तिम्रै हुन पाउँ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त गीतको भिडियोमा पुष्प खड्का र मनिषा थापाको अभिनय छ ।
गीतको भिडियोमा गायक बिस्कोकै कथा, पटकथा र निर्देशन छ। भिडियोमा पुष्प र मनिषासँगै कलाकारहरू दिनेश डिसी, रश्मी भट्ट, जेरी भण्डारी र वर्षा भण्डाराको अभिनय छ । पत्नी वियोगमा परेका पतिको अवस्थालाई भिडियोमा देखाइएको छ।
ज्ञानेन्द्र हुँमागाईंको छायांकन रहेको भिडियोलाई डिन्सन शाहले सम्पादन गर्नुभएको छ। गायक ध्रुव बिस्कोले यसअगाडि मायाले जित्यो बोलको गीत ल्याउनुभएको थियो । सोही भिडियोबाट उहाँले निर्देशन गर्न थाल्नुभएको हो ।




















