पल भन्छन्: मलाई फसाउने व्यक्तिहरु दुर्गेश थापादेखि सरोज ओलीसम्म (अडियाे प्रमाण सहित)

काठमाडौं:= नाबालिक गायिका समीक्षा अधिकारीसँगको  सम्बन्धको कारण विवादमा आएका कलाकार पल शाह (पुर्ण विक्रम शाह) को अडियो रिलिज भएसँगै यो चर्चा यतिबेला अझै चुलिएको हो । अडियोमा पल र समीक्षाबिचको कुराकानी यति बेला सामाजिक सञ्जाल भरी सजिलै सुन्न सकिन्छ।

गायिका समीक्षा अधिकारीले हिजो बुधबारनै प्रहरीचौकीमा किटानी जाहेरी दर्ता गराएकी छन् । अधिकारीले शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर पटक – पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि कर णी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर बारम्बार करणी गरेको दाबी गर्दै आएकी छन्।

यता अडियो रिलिज भएसँगै पलले आफ्नो अफिसियल फेसबुक अकाउन्टबाट स्ट्याटस अपलोड गरेका छन् । उनले लेखेको स्ट्याटसमा अडियो भित्र बोेलेकोे व्यक्तीको आवाजहरु आफ्नै साथीहरुले फसाउन खोजेको प्रमाण अगाडी ल्याईदिएका छन् ।

उनले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन्।उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले समिक्षासहितकाे टोली बनाएर पललाई फसाउने योजनानै बनाएको पाइएको छ।

अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ ।

हेर्नुहोस पल शाहले आफ्नो फेसबुकमा लेखेको स्टाट्स जस्ताको त्यस्तै : 

नमस्कार म पल शाह 🙏
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।
केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो”  साथै  ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

तलको लिङ्क क्लिक गरेर पूरा अडियो सुन्नुहोस : 

Plan 1:- https://drive.google.com/file/d/18NfClAr4PXx0wfMz6iNtEEIM8PnU_eTx/view?usp=drivesdk

Plan 2:- https://drive.google.com/file/d/1rUt3Ilbs0RswEGtmfEG37IgLXuuKvbjY/view?usp=drivesdk

Plan 3 :- https://drive.google.com/file/d/1VQU02Xh_BIhHLH-KjD3SnkCkn81s1imn/view?usp=drivesdk

Plan 4 :- https://drive.google.com/file/d/1Bt4uB2Jgn_H9MqPLDB3aVBhI7SipEY4Q/view?usp=drivesdk

Plan 5:- https://drive.google.com/file/d/1dsi3s7pZZ82l7Zrv3BFHWMRrESs_5otr/view?usp=drivesdk

Plan 6 ( beer khuwayera s*x gareko vannu parxa vanera sikako ) :-  https://drive.google.com/file/d/1LCttzu4XUi_6Bbf491FEYaCn8k7HgW2b/view?usp=drivesdk