तनहुँ := उमेर नपुगेकी नाबालिक गायीका समीक्षा अधिकारीमाथि यौन सम्बन्ध राखेको आरोपमा नेपाली चलचित्रका अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको छ।शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार यौन दुर्व्यवहारको उजुरी दर्ता भएको हो ।
पीडितका आफन्त र पीडित स्वयंम पनि प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ। उजुरीमाथि छानविन गरेर शाहमाथि अनुसन्धान अघि बढाइने बताइएको छ ।
मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।
१६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ । १७ वर्षीया ती गायिका एक महिना अघि आफूमाथि पल शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्।




















