[ अभय दुवे ]
बारा := बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ५ ईट्वालमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वडा अधिवेशन कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा शंकर राउत कुर्मीको अध्यक्षतामा २५ सदस्यीय वडा समिति समेत गठन भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय सदस्य डा. कमरुल्लाह अंसारी,
बिशिस्ट अतिथिमा लोसपा नेपालका नगर पालिका अध्यक्ष तथा मेयरको भावी उमेदवार किशोरी साह र उप मेयरको श्रीमान शेख मतिम रहेको थियो ।
त्यसै गरी अथितीहरु@मा क्रमशः बिनोद यादव, रामबहादुर पटेल, मन्जुर अंसारी, राजेश प्र। यादव, प्रमानन्द मुखिया, राजकिशोर कुशवाहा, नागेन्द्र ठाकुर, बिजय साह लगायतको अतिथिहरूको उपस्थिति रहेको थियो , भने कार्यक्रमको संचालन सियाराम यादवले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य डा. कमरुल्लाह अंसारीको भनाई अनुसार हाल स्थानिय सरकार आएको ५ वर्ष पुग्न थाल्यो । तर हाल सम्म केही पनि विकास हुन सकेन। स्थानिय सरकार आए पछि जनतालाई विश्वास गराइयो की अब गाउँ-गाउँमा सिंह दरबार आउँछ भनेर तर आएन , अब ढुक्क हुनुहोस , किनकि अबको सरकार लोसपालाई जिताएर बनाउनुहोस र सिम्रौनगढको विकासमा समृद्धि हासिल गराउनु होस लगायतका कुराहरु मन्तव्यको क्रममा राखेका थिए ।
लोसपा नेपालका नगरपालिका अध्यक्ष तथा मेयरको भावी उमेदवार किशोरी साहका अनुसार सिम्रौनगढमा हाल सम्म विकाश केही भएन । ५ बर्षमा २ सय करोड बजेट आयो तर पनि केही विकास भएन नगरपालिकाबाट लेखाजोखा मागे पछि केही दिँदैन । यसको अर्थ सबै जनताले आफ्नो खुन पसिना बगाएर कमाएको पैसा सबै भ्रष्टाचारी गरी सक्यो । अब यस्तो न होस, पहिला नै भनेको थिए र अहिले पनि भन्छु म जुन बेला सम्म हुन्छु म आफ्नो निजी सम्पत्ति बेचेर भएर पनि सिम्रौनगढको मुहार फेर्ने छु भन्ने कुराहरू व्यक्त गर्नु भयो ।




















