ढाका/सिन्हृवा:= बंगलादेशले कोभिड-१९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरू अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषद्का सचिव खाँदकर अनवारुलले सो कुराको जानकारी दिनुभएको हो । उहाँले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरूको समय नथप्ने जानकारी दिनुभएको हो ।
बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्ध लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरू देखि होटलहरू बन्द गर्नेदेखि लिएर सार्वजनिकस्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरू लगाइएको छ । ती प्रतिबन्धको समय यही फेब्रुवरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उहाँले दिनुभयो ।




















