पृथ्वीनारायण शाहले युद्धको बेला कुनै पनि नेवारको नाक र ओठ काटेको थिएन्: केपी ओली।

काठमाडौं := नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरको युद्धमा पृथ्वीनारायण शाहले कसैको पनि नाक नकाटेको दाबी गर्नुभयो । दहचोकमा आयोजित कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभयो।

वि.सं. १८२२ चैतमा पृथ्वीनारायणले कीर्तिपुर लडाइँ जितेपछि त्यहाँका नेवारहरूको नाक र ओठ काटेको आरोप लाग्दै आएको छ । ‘कीर्तिपुरमा कसैको नाक काटिएको थिएन । युद्ध जितिसकेपछि कुनै पनि शासकले त्यहाँको जनताको, त्यहाँका रैतीको नाक काट्दै हिँड्दैन’, उहाँले भन्नुभयो, ‘जितिसकेपछि पनि त्यहाँका जनतालाई दुःख दिँदै हिँड्ने कुरा हुँदैन।

उहाँले पृथ्वीनारायणको जिद्धीकै कारण तत्कालीन सेनापति कालु पाण्डे कीर्तिपुरको लडाइँमा मारिएको पनि बताउनुभयो । सेनापतिको कुरा नमान्दा पृथ्वीनारायण पनि गिरफ्तारीमा परेको तर्क उहाँले गर्नुभयो।