भीम रावल राष्टवादी हो भने सब भन्दा पहिले केपी ओली मुर्दावाद भन्नु पर्यो: गगन थापा।

काठमाडौं := नेपाली काँग्रेसका सांसद एवंम पार्टी महामन्त्री  गगन थापाले एमसीसी अब पारित हुने भन्दै भीम रावल राष्ट्रवादी भए केपी ओली मुर्दावाद भन्न सक्नु पर्ने चुनौती दिएका छन् ।

संसदमा भीम रावलले यो एमसीसी राष्ट्रघाती भएको भन्दै एमालेको संसदमा नाराबाजी चलिरहँदा उनले भाषण गरेका थिए । त्यसपछि संसदबाट बाहिरिने क्रममा थापाले यस्तो टिप्पणी गरेका हुन् ।

थापाले माओवादी कार्यकर्ताले प्रचण्ड मुर्दावाद भन्न सक्नु पर्यो, एकीकृत समाजवादीका कार्यकर्ताले माधव नेपाल मुर्दावाद भन्न सक्नु पर्यो , दोहोरो कुरा नगरौँ । पक्ष वा विपक्षमा स्पष्ट हुनु पर्ने चूनौती दिए ।