चर्चित रियालिटी शो ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी करण।

मुम्बई:= भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करण विश्व भरी नै लोकप्रिय बन्यो । भारतसँगै नेपालमा पनि यसका दर्शक निकै छन् । यसै संस्करणमा प्रतियोगी करण कुन्द्रा ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगी रूपमा नाम दर्ता गराउनु भएको छ ।

उहाँले यो शोमा सहभागिता जनाएबापत ४.५ करोड रुपैयाँ पारिश्रमिक बुझ्नु भएको छ । करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उहाको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिकबापत ४.५ करोडको चेक दिएका छन् ।

करणको ‘बिग बोस १५’ को यात्रा निकै स्मरणीय रहृयो । यद्यपि, उहाले ट्रफी भने उचाल्न पाउनु भएन । उहाँ शोमा सेकेण्ड रनरअप बन्नुभएको थियो । शोमा तेजस्वी प्रकाशले शीर्ष उपाधि पोल्टामा पार्नुभएको थियो । यही शोको समयमा करण र तेजस्वीको प्रेम चर्चा चलेका थियो । दुवैबीच कैयौं पटक टकराव देखिए पनि पुनः उहाँहरू मिल्ने गर्नुभएको थियो।

‘बिग बोस’को घरबाट बाहिर आउनासाथ करणले सबैभन्दा पहिला तेजस्वीको विजयोत्सव मनाउनु भएको थियो । उहाँले तेजस्वीको कोठा सजाएर तेजस्वीलाई ‘सरप्राइज’ पनि दिनु भएको थियो ।